समाचार

सरुभक्तलाई मातृशोक

- दीपक परियार, लेखनाथ (कास्की)

मंसिर ५, २०७४-नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्त श्रेष्ठलाई मातृशोक परेको छ । आमा लक्ष्मीमाया श्रेष्ठको मंगलबार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो । उनलाई मुटु सम्बन्धि समस्या र निमोनियाको उपचारका लागि पोखराको फिस्टेल अस्पतालमा राखिएको थियो । 

उनको शवलाई हाल पोखरा–१ बाघबजारको घरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको मंगलबार नै गाईघाटमा दाहसंस्कार गरिने कवि तीर्थ श्रेष्ठले बताए । उनका ५ छोरा र २ छोरी छन् । उनका श्रीमानको साढे ३ वर्षअघि निधन भइसकेको छ ।

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार