खेलकुद

भ्यालेन्सियाको सहज जित

- एजेन्सी, म्याड्रिड

मंसिर ४, २०७४-स्पेनिस ला लिगा अन्तर्गत आइतबार भ्यालेन्सियाले एस्पान्योलको मैदानमा २-० को जित दर्ता गरेको छ ।

यस जितसँगै उसले शीर्षस्थानको बार्सिलोनालाई पछ्याउने कार्य जारी राखेको छ । म्याड्रिडका दुई टोली गोलरहित बराबरीमा रोकिएको फाइदा उठाउँदै उसले ३ महत्त्वपूर्ण अंक हात पार्यो । भ्यालेन्सियाको जितमा जिओफ्री कोन्डोगबिया र सान्ती मिनाले गोल गरे । 

अंक तालिकामा बार्सिलोनाले १२ खेलमा ३४ अंक जोडेको छ भने भ्यालेन्सिया ३० अंकसहित दोस्रोमा छ । तेस्रो र चौथो स्थानमा रहेका रियल र एटलेटिको दुवैको २४ अंक छ । 

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार