खेलकुद

मोएसको पहिलो खेलमा वेस्ट ह्याम पराजित

- एजेन्सी, लन्डन

मंसिर ४, २०७४-वेस्ट ह्यामका नवनियुक्त प्रशिक्षक डेविड मोएसले इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार आफ्नो पहिलो खेलमा वाटफर्डसँग पराजय बेहोरेका छन् । वाटफर्डले दुवै हाफमा १-१ गोल गरेपछि वेस्ट ह्याम २-० ले पराजित भयो  विजयी टोलीका लागि विल ह्युजस र रिचार्लीन्सनले गोल गरे ।

यस हारसँगै वेस्ट ह्याम रेलिगेसन क्षेत्रमा रहेको छ । १२ खेलमा ९ अंक जोडेको टोली १८ औं स्थानमा छ । धबतवाटफर्ड १८ अंक लिएर आठौं स्थानमा छ ।

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार