मनोरञ्जन

अमेरिका जाँदै नेपाल आइडल

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ४, २०७४-नेपाल आइडलका टप तीन विजेता अमेरिका जाने भएका छन् । ‘नेपाल आइडल यूएसए टुर २०१८’ का लागि केटीएम इन्टरटेन्मेन्टले बुद्ध लामा, निशान भट्टराई र प्रताप दासलाई अ‍ेमरिकाका आठ सहरमा उपस्थित गराउँदै छ । 

जनवरीबाट सुरु हुने एक महिने भ्रमणमा उनीहरूसँग आइडलका होस्ट सुशील नेपाल सहभागी हुनेछन् । न्युयोर्कमा रहेको केटीएम इन्टरटेन्मेन्टले कन्सर्ट र फिल्म फेस्टिभलहरू आयोजना गर्दै आएको छ । आइडल टोली पहिलो पटक अमेरिका जाँदै छ । उनीहरू अचेल देश–विदेशका कन्सर्टमा व्यस्त छन् ।  

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार