फोटोफिचर

पेरिसडाँडामा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली (फोटोहरु)

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ३, २०७४-पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको शव अन्तिम श्रद्धाञ्जलीको लागि माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा राखिएको छ । उनको आज बिहान निधन भएको थियो ।

सुतेकै स्थानमा अचेत अवस्थामा रहेका प्रकाशलाई उपचारका लागि बिहान ५:५० मा नर्भिक अस्पताल ल्याइएको थियो । चिकित्सकले उनलाई ५:५९ मा मृत घोषित गरेका थिए ।

प्रकाश दाहाललाई पिता पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

अहिले माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा प्रकाश दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । उनको आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ । 

तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

 

 

 

प्रकाशित: मंसिर ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार