भिडियो

नेतृत्व फेरिए, अबस्था फेरिएन

- विद्या राई, भोजपुर

कार्तिक २९, २०७४-पुर्वी पहाडी जिल्ला भोजपुरमा पटक पटकका निर्वाचनले नेता र नेतृत्व फेरिए पनि मतदाताका मुहार भने अझै फेरिन सकेको छैन । २००७ सालका क्रान्ति योद्धा नारदमुनि थुलुङदेखि गणतन्त्रकी राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई जन्माउने भोजपुरमा अझै विकास निर्माणले फड्को मार्न सकेको छैन । 

बाहिरी जिल्लासंग जोड्ने एक मात्र भोजपुर–लेगुवा ६६ किमि नारदमुनि थुलुङ राजमार्ग निर्माण भएको १० बर्ष बितेको छ । यतिन्जेलसम्म कालोपत्रे नहुँदा यात्रुलाई हिउदको ६ महिना धुलो र बर्षातको ६ महिना हिलोको सकस छ । छिमेकी खोटाङ जिल्लासंग जोडिने मध्यपहाडी राजमार्गको हालत पनि उही छ । विकल्पमा रहेको हवाई सेवासमेत नियमित नहुँदा अन्य बिकास निर्माणसंगै आवतजावत गर्न समस्या छ । पटक पटक नेतृत्व फेरिएपनि विकासको मेरुदण्ड मानिएको सडकको विकासमा कसैको ध्यान नपुग्दा सर्वसाधारण मर्कामा परेको भोजपुर नगरपालिका दावाका लक्ष्मण चौहान गुनासो गर्छन् । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार