मनोरञ्जन

अक्षयको फ्ल्याट सोख

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २९, २०७४-बलिउड स्टार अक्षय कुमार अचल सम्पत्तिमा लगानी गर्न कत्ति पनि हिचकिचाउँदैनन् । मुम्बईको जुहु इलाकामा रहेको ड्युप्लेक्स अपार्टमेन्टमा बसिरहेका उनले मुम्बईमै अरू चार फ्ल्याट किनेका छन् । करौडौं मूल्यका त्यत्तिका फ्ल्याट किनेको देखेर मान्छेहरू छक्क पर्नु स्वाभाविक नै हो । 

अक्षयले अँधेरी वेस्टमा रहेको अपार्टमेन्टका २१ र ३८ औं तलामा चार कोठे फ्ल्याट लिएका छन् । त्यसको मूल्य साढे चार करोड भारु रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार ३८ औं तलाको फ्ल्याट निकै लक्जरियस छ । त्यसमा स्विमिङ पुल, जगिङ ट्रेक, बार्बिक्यु कर्नर, फिटनेस सेन्टर, किड्स जोन उपलब्ध छन् । 

अक्षयले यसअघि पनि विभिन्न ठाउँमा घर–जग्गा किनेका समाचार प्रकाशित भएका थिए । उनको एकुन्टा फ्ल्याट लोखन्डवाला र बान्द्रामा पनि छन् । केहीअघि उनले गोवाको अन्जुनामा सानदार बंगला किनेका थिए । उनी विश्वका सबैभन्दा बढी पारिश्रमिक लिने स्टारमध्येका एक हुन् । उनी एक फिल्म खेलेबापत् करिब ४५ करोड भारु लिन्छन् । 

फोर्ब्सले सन् २०१७ मा निकालेको ‘हाइएस्ट पेड एक्टर्स’ को टप २० को सूचीमा अक्षयको नाम दसौं नम्बरमा थियो । उनले यो वर्ष ३.५५ करोड डलर कमाइ गरिसकेका छन् । अक्षयको आगामी फिल्म ‘२.०’ हो जसमा उनी रजनीकान्तसँग देखिँदै छन् । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार