मनोरञ्जन

मलाई मन पर्छ - कमलमणि नेपाल, अभिनेता

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २९, २०७४-ठाउँ 

धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ । 

परिकार

मलाई मन पर्ने परिकार अनुसार त म निकै मोटो देखिनुपर्ने हो । मलाई दूधले बनेको ढकनी खुब मन पर्छ । पेटले मागुन्जेल खाइरहन्छु । र, पनि ज्यानचाहिँ उस्तै छ । 

पेय 

कहिलेकाहीं अल्कोहल लिन्छु । तर, डबल ब्ल्याक व्हिस्की । जुसमा क्यानबेरी मन पराउँछु । 

पुस्तक 

हुन त बजारमा थुप्रै साहित्यिक पुस्तक छन्, तैपनि म चाहिँ भर्खरै बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ पढेर सक्दै छु । कुमार नगरकोटीको ‘दोचा’ ले अलिक बढी मन छोएको छ । 

लेखक 

जसलाई पढियो उसैलाई मन पराउने हो । मैले नजिकबाट अध्ययन गरेका दुई लेखक छन्, बुद्धिसागर र कुमार नगरकोटी । बुद्धिसागर रियालिटीमा लेख्ने भएकाले मन पर्छन । कुमार चाहिँ फयान्टासी लेख्न माहिर छन् ।

गीत 

विभूषण बस्नेतको गीत, ‘कोशीले ’नि पिर्‍यो हजुर...’ भन्ने । यो गीत जति सुन्दै गयो उत्ति नै भावुक बनाउँछ । हाम्रै नेपालीको मनोभाव समेटेर बनाएको भएर होला । 

गायक/गायिका 

पुराना गीत खोजीखोजी सुन्छु । गायिकामा अरुणा लामा र गायकमा शिशिर योगी मन पर्छन् । 

फिल्म

फिल्म चाहिँ लेटेस्ट नै मन पर्छ । भर्खरै हेरेको आमिर खानको ‘सिक्रेट सुपरस्टार’ ले मन छोयो । कुनै तडकभडकबिना बालकलाकारलाई लिड रोल दिएर पनि फिल्म राम्रै बनाउन सकिने रहेछ ।

अभिनेता/अभिनेत्री 

आमिर खानको फयान हुँ । उनी कम फिल्म बनाउँछन् तर आफू पूर्ण रूपमा अब्बल भएको प्रमाणसहित काम देखाउँछन् । अभिनेत्रीमा चाहिँ विद्या बालन र कोनकोना सेन मन पर्छन् । कोनकोना आर्ट मुभीमा सुहाउँछिन् । रोल छोटो भए पनि त्यसमा उनको क्षमता प्रशस्तै देखिन्छ । 

ग्याजेट 

अहिले हुवाईको मोबाइल चलाएको छु । 

यसका नयाँ भर्सनहरू आएका छन् । यसको ब्याट्री मज्जाले टिक्छ । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार