खेलकुद

डेनमार्क पुग्यो विश्वकपमा

- एएफपी, डब्लिन

कार्तिक २९, २०७४-डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकपका लागि मंगलबार राति छनोट भएको छ । उसले युरोपेली विश्वकप छनोट प्ले अफ दोस्रो लेगमा गणतान्त्रिक आयरल्यान्डलाई ५–१ ले हरायो । 

पहिलो लेग गोलरहित बराबरीमा टुंगेपछि डेनमार्कले विपक्षी टिमको घरमा यो शानदार जित निकालेको हो । यससँगै डेनमार्कले समग्रमा ५–१ को अग्रता पनि लिन सफल रह्यो । 

डेनमार्कका तर्फबाट क्रिस्टियन एरिक्सनले उत्कृष्ट ह्याट्रिक गरे । युरो २०१६ मा छनोट हुन असफल रहेपछि डेनमार्कले राम्रो लयमा रहेर अहिले विश्वकपको अन्तिम चरणको यात्रा तय गरेको हो । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार