देश

बाबु–आमाको ८४ मा ‘बिरामी कुरुवा घर’

- कान्तिपुर संवाददाता , चितवन

कार्तिक २९, २०७४-भरतपुर महानगरपालिका–१ स्थित नारायणगढका ४३ वर्षीय प्रितम पियाले भरतपुर आँखा अस्पतालमा २३ लाख २० हजार रुपैयाँ खर्च गरेर बिरामी कुरुवा घर बनाएका छन् ।

 ‘तीन वर्षअघि बुबाआमाको ८४ पूजा थियो,’ उनले भने, ‘उहाँहरूलाई केही फरक खालको उपहार दिने सोच बनाएँ, त्यही सोचअनुरूप बिरामी कुरुवा घर बनाएँ ।’ उनले निर्माण भइसकेपछि मात्र बुबा पञ्चकुमार र आमा कृष्णकुमारीलाई थाहा दिएको बताए । ‘यो मैले बुबाआमालाई सधैं सबैले सम्झिरहुन् भनेर दिएको उपहार हो,’ उनले भने, ‘उपहार देखेर बुबाआमा खुसी हुनुभयो ।’ उनका अनुसार भवनको २०७१ सालमा शिलान्यास भएको थियो । 

निर्माण पूरा भएको ६ महिना भए पनि औपचारिक रूपमा भने शनिबारबाट सञ्चालनमा आएको हो । दुई तले भवनको माथिल्लो तला भने सेवा फाउन्डेसनले बनाएको हो । भवनको तल्लो तलाको ४ कोठामा १६ वटा बेड छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार सफा गर्नका लागि भनेर एउटा बेडमा बसेको ५० रुपैयाँ लिने गरिएको छ ।

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार