खेलकुद

बोसीगाउँमा ब्याडमिन्टन

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २९, २०७४-बोसीगाउँ ब्याडमिन्टन समूहको आयोजनामा प्रथम बोसीगाउँ खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता मंसिर १ देखि १० सम्म हुने भएको छ । सातगाउँले जात्राको अवसरमा हुने स्पर्धामा ६०–८० जोडीको सहभागिता रहने समूहका अध्यक्ष निश्चित बस्नेतले बताए । विजेताले जोडीले १ लाख १ हजार १ सय १ रुपैयाँ तथा उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । सेमिफाइनल पराजित जोडीले समान १५ हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमले समान ५ हजार पुरस्कार पाउने जनाइएको छ ।

 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार