खेलकुद

फ्रेन्ड्स सेमिफाइनलमा

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २९, २०७४-‘ए’ डिभिजन क्लब फ्रेन्ड्स क्लबले प्रथम चन्द्रागिरि गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गरेको छ । 

जितसँगै फ्रेन्ड्स सेमिफाइनल पुगेको छ । राजधानीको नैकाप मैदानमा फ्रेन्ड्सको जितमा धिरज श्रेष्ठले ह्याट्रिक गरेका थिए अफ्रिकी मूलका लावलले एक गोल थपे । आयोजकबाट कप्तान समिर कार्की र साहिल रानाले १–१ गोल गरे भने एक गोल आत्मघातीमा उपहार पायो । 

फ्रेन्ड्सका धिरज म्यान अफ द म्याच भए । उनले ३ हजार रुपैयाँ पाए । बुधबार त्रिभुवन आर्मी र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार