देश

आक्रमणको अनुसन्धान जारी : देउवा

- कान्तिपुर संवाददाता , नेपालगन्ज

कार्तिक २९, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारका क्रममा उम्मेदवारमाथि भएका आक्रमण घटनाको अनुसन्धान भइरहेको बताएका छन् । त्यस्ता घटना हुन नदिन सुरक्षा अधिकारीलाई निर्देशन दिएको उनले बताए । 

नेपालगन्जमा भएको सुरक्षा भेलालाई सम्बोधन गर्दै उनले मंसिर १० र २१ मा हुन लागेको निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको बताए । देउवाले सुरक्षा व्यवस्था चुस्त पार्न पनि निर्देशन दिएका छन् । 

उनले सीमित स्रोत र साधनको उपयोग गर्दै निर्वाचन सुरक्षामा लाग्न सुरक्षा अधिकारीसँग आग्रह गरे । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार