समाचार

विभिन्न जिल्लामा विप्लवका २२ कार्यकर्ता पक्राउ

- लालप्रसाद शर्मा, पोखरा

कार्तिक २८, २०७४-निर्वाचन बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले चार नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओवादीका २२ कार्यकर्ता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कार्यकर्तादेखि केन्द्रीय सदस्यसम्मका नेता छन् । 

चार नम्बर प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसपी बसन्तबहादुर कुँवरका अनुसार सबैभन्दा बढी कास्कीमा १३, गोरखामा ७ र म्याग्दीमा २ जना पक्राउ परेका छन् । उनीहरुबिरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको उनले बताए । ‘नेकपाका कार्यकर्ताको गतिविधि प्रहरीले नजिकबाट नियालिरहेको छ,’ उनले भने, ‘निर्वाचनबिरोधी गतिविधि गर्नेलाई छाडिने छैन ।’

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार