समाचार

पत्नीको हत्या

- अवधेशकुमार झा, राजविराज

कार्तिक २८, २०७४-सप्तरीको बोदेबरसाइन नगरपालिका ३ का जयप्रकाश यादबले आफ्नी श्रीमतीको घाँटी रेटेर विभत्स हत्या गरेका छन् । मंगलबार अपरान्न श्रीमती ललितादेबी यादबसँगै खेतमा धान काटिरहेका जयप्रकाशले धान काट्ने हसियाले घाँटी रेटेर श्रीमतीको हया गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाए । 

यादवले प्रहरी समक्ष आफूमाथिको आरोप स्वीकारेका छन् । 

जयप्रकासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २ छोरा र एक छोरा रहेको यो दम्पतिबीच यसअघि पनि विवाद हुने गरेको स्थानीयले बताएका छन् । 

यस अघि छठताका समेत जयप्रकाशले ललितालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार