खेलकुद

एसीसी अन्डर १९ एसिया कप नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

- सुबास हुमागाईं, क्वालालम्पुर

कार्तिक २८, २०७४-एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनाउन सक्यो।  

वर्षाका कारण २४-२४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो। नेपालका लागि अनिलकुमार साहले २६ रन बनाएका थिए।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। यस्तै नेपालका कप्तान दीपेन्द्र ऐरी र शाहब अलामले २-२ र अनिलकुमार साहले १ विकेट लिएका थिए।

सुरुआतमा मलेसियाका ओपनर नेपालका पेस बलरमाथि हावी भएका थिए । उसका लागि अजिजले सर्वाधिक २० र कप्तान विरनदिपले १० रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

४.३ ओभरमा मात्र ८ रन दिएर ५ विकेट लिएका नेपालका सन्दीप 'म्यान अफ दी म्याच' घोषित भए।

...

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियालाई ४५ रनमा अलआउट गर्न सफल भएको छ । वर्षाका कारण २४-२४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य पाएको छ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । यस्तै नेपालका कप्तान दीपेन्द्र एेरी र शाहब अलामले २-२ र अनिलकुमार साहले १ विकेट लिए।

सुरुआतमा मलेसियाका ओपनर नेपालका पेस बलरमाथि हावी भएका थिए । उसका लागि अजिजले सर्वाधिक २० र कप्तान विरनदिपले १० रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालले सहज जित दर्ता गरेको खण्डमा दोस्रो चरणमा प्रवेश गर्नेछ । 

...

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गरिरहेको छ । खेलको निर्धारित तालिका अनुसार ९ बजे टस हुनुपर्नेमा लगातार वर्षाका कारण केही बेर अघिमात्रै सुरु भएको खेल २४-२४ ओभरमा घटाइएको छ। नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ ।

नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न जित अावश्यक छ । सँगसँगै भारत र बंगलादेशबिचको खेलको नतिजाले पनि समिकरणमा असर पार्नेछ ।

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार