खेलकुद

स्विडेन छनोट इटाली बाहिरियो

- एएफपी, मिलान

कार्तिक २८, २०७४-इटाली सन् १९५८ यता पहिलो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । स्विडेनले सोमबार राति सानसिरोमा भएको युरोपली प्ले अफको दोस्रो लेगको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्यो । 

यस नतिजापछि स्विडेनले समग्रमा १–० ले अग्रता लिन सफल रह्यो । स्विडेनले यसअघि घरमा भएको खेल एक गोलले जितेको थियो । चार पल्टको विजेता इटालीले निश्चित जित निकाल्नु पर्ने दोस्रो लेगको खेलमा पर्याप्त मौका पनि सिर्जना गर्न सकेन् । 

सन् २००६ को विश्वकप विजेता इटाली छनोटबाट बाहिरिएपछि सानसिरोमा उपस्थिति ७४ हजार दर्शक निराश भए । सन् १९३० मा पहिलो संस्करणको विश्वकप नखेलेको इटाली सन् १९५८ मा पनि छनोट हुन सकेको थिएन् । 

यस नतिजापछि इटालीका गोलरक्षक जियानलुगनी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका छन् । उनले खेलपछि इटालीका फुटबल समर्थकलाई भनेका छन्, ‘म सबैसँग माफि माग्न चाहन्छुं ।’

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार