अर्थ / वाणिज्य

दक्षिण एसिया आर्थिक सम्मेलन आजदेखि

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा सावती (साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोनोमेन्ट) को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुनेछ ।

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार