देश

नगर प्रमुखको घरजग्गा कब्जा

- कान्तिपुर संवाददाता , खोटाङ

कार्तिक २८, २०७४-विप्लव माओवादीले हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईको घरजग्गा कब्जा गरेको छ । उक्त समूहले घरमा विज्ञप्ति टाँसेर हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारस्थित घरजग्गा नियन्त्रणमा लिएको जनाएको हो ।

सेक्रेटरीबाट हस्ताक्षरित विज्ञप्तिमा मेयर राईको स्वामित्वमा रहेको घर, जग्गा, सम्पत्ति कब्जा गरेर जनतालाई उपभोग गराउने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘खोटाङका जनतालाई गुण्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको हुँदा निजको स्वामित्वका सम्पूर्ण सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने जानकारी गरिन्छ ।’

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार