खेलकुद

महिला टोली विजयी

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेल जितेको छ । नेपालले सोमबार स्थानीय बीकेएसपी टोलीलाई ६ विकेटले हरायो । 

ढाकास्थित आफ्नो मैदानमा टस जितेको बीकेएफसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ८ रन बनायो । शोभाना मोस्तारीले ३९ बलमा ४ चौका र १ छक्कासहित ४८ र ओपनर जन्नातुल फेरुजल २३ रन बनाए । नेपालबाट सीता रानामगर, नेरी थापा र सोनु खड्काले १–१ विकेट लिए । 

ज्योति पाण्डेले २५, सीताले २० र नेरीले ३० रन बनाएपछि नेपालले ४ बलअघि लक्ष्य पूरा गर्‍यो । 

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार