देश

रुकुम पश्चिम ‘अति संवेदनशील’

- कान्तिपुर संवाददाता , रुकुम (पश्चिम)

कार्तिक २८, २०७४-जिल्ला सुरक्षा समितिले चुनावी सुरक्षाका दृष्टिकोणले रुकुम पश्चिम जिल्ला अति संवेदनशील रहेको ठहर गरेको छ । जिल्लामा पछिल्लो समयमा बढेको चुनावविरोधी गतिविधिलगायत कारण जिल्लालाई अति संवेदनशील सूचीमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

जिल्लामा तोकिएका १ सय ११ मतदान केन्द्रमध्ये सुरक्षा दृष्टिकोणले ९ केन्द्र अति संवेदनशील, ५७ संवेदनशील र ७ वटा सामान्य अवस्थामा रहेको विश्लेषण गरिएको छ । निर्वाचनविरोधी गतिविधि बढ्दै जानु, भौगोलिक विकटता, सञ्चार सेवा अभाव, हिमपात र सडक यातायातलगायत कारणले सुरक्षा ‘थ्रेट’ देखिएको सुरक्षा समितिको भनाइ छ ।

निमित्त प्रजिअ पुनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको बताए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीलाई निर्वाचनको सुक्षार्थ खटाइनेछ । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार