प्रवास

अष्ट्रेलियामा नेपाली कार्यक्रमको फरक प्रचार शैली

- नारायण खड्का, अष्ट्रेलिया

कार्तिक २७, २०७४-अबको एक महिनापछि हुन लागेको नेपाल आइडलको कार्यक्रमको प्रचारका लागि आयोजकले भिन्न शैली अपनाएको छ । आयोजकले यहाँका रेल, स्टेसन, सडकहरुमा नेपालको झण्डासहित उनीहरुको कार्यक्रमको प्रचार सुरु गरिएको छ । 

सिड्नीको नेपाली टच नामक संस्थाले नेपाल आइडलका विजेताहरुलाई अष्ट्रेलिया ल्याउन लागेको हो । उनीहरुको कार्यक्रम सफल बनाउन आयोजकले पहिलोपटक सामान्यभन्दा फरक प्रचार शैली अपनाइएको बताएका छन् । सिड्नीमा मात्र नभएर मेलबर्नमा समेत त्यहाँ रहेका रेलहरुमा समेत सोही किसिमको प्रचारशैली अपनाइएको छ । 

कार्यक्रम आयोजकमध्येका राजकुमार गोश्वामीले नेपालीहरु धेरै भएको स्थानमा कोग्राहा केम्पसी लगायतका ट्रेन स्टेसनहरुमा समेत ठुला ब्यानरहरुमा प्रचार गरिएको जानकारी दिए । उनले धेरै मानिसहरुको आवतजावत हुने बाटोहरुमा समेत प्रचार शैलीलाई आकर्षक बनाईको बताए ।

यही डिसेम्बरको १ तारिखदेखि सुरु हुने नेपाल आइडलको प्रस्तुतीलाई सिड्नीको ओलम्पिक पार्कमा रहेको स्पोर्टस सेन्टरमा आयोजना गरिंदैछ । यस कार्यक्रमस्थलमा अहिलेसम्म कुनैपनि नेपाली कलाकारले कार्यक्रम प्रस्तुत गरेका छैनन् । कार्यक्रममा प्रस्तुतीका लागि नेपाली आइडलका उत्कृष्ट तीन बुद्ध लामा, निशान भट्टराई र प्रताप दासका साथै प्रमिला राई समेत अष्ट्रेलिया आउने भएका छन् । आयोजकमध्येका दीपेश पुनले पहिलो पटक रियालिटी शोबाट चर्चामा आएका उनीहरु अष्ट्रेलियामा समेत उत्तिकै मन पराइएकोले अन्य कार्यक्रमभन्दा उनीहरुको कार्यक्रमलाई पृथक बनाउने कोसिस गरिएको सुनाए । 

अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड, ब्रिसबन, पर्थ, डार्बिन र क्यानबेरामा उनीहरुको कार्यक्रम आयोजना हुँदैछ । 

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार