साहित्य/विविध

साताको साहित्य पुरस्कार सिन्धुलियलाई

- कान्तिपुर संवाददाता , अष्ट्रेलिया

कार्तिक २७, २०७४-अष्ट्रेलियाबाट नेपाली साहित्य सृजनामा लागिपरेका साहित्यकारलाई दिंदै आएको साताको साहित्य पुरस्कार यसबर्ष कवि प्रोल्लास सिन्धुलियलाई प्रदान गरिने भएको छ । 

अष्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको साताको साहित्य नामक संस्थाले यो पुरस्कार दिदै आएको छ । साताको साहित्य डटकममा एकबर्षसम्म छापिएका उत्कृष्ट रचनालाई यो पुरस्कार वितरण गर्ने गरिएको छ । संस्थाका सम्पादक निष्प्रभ सजीले एक बिज्ञप्ति जारी गर्दै २० हजार रुपैया र ताम्रपत्र सहितको यो पुरस्कार उनलाई प्रदान गरिने जनाएका हुन् । 

नेपाली साहित्यलाई योगदान पुरयाइरहेका साहित्यकारहरुलाई प्रोत्साहन दिन र नेपाली साहित्यको जर्गेनामा टेवा पुरयाउने उद्देश्यले ६ बर्षअघि पुरस्कारको स्थापना गरिएको सजीले बताए । एक बर्षसम्म छापिएका रचनाहरुबाट नविन प्यासीको ‘झुसिलकिरा’, सुशील सुब्बाको ‘आमा’ र सिन्धुलियको ‘एउटा प्रश्नपत्र’ उत्कृष्ट तीन रचनाका रुपमा छानिएका थिए । संजीव पाण्डे, सुजीत सिग्देल, महेन्द्र पौडेल र सजी समेत ४ जनाको निर्णायक मण्डलले उनको रचनालाई उत्कृष्ठ ठह्रयाएको हो । 

उक्त पुरस्कार यसअघि रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली र बोनम प्रतापलाई प्रदान गरिसकिएको छ । 

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार