साहित्य/विविध

विष्णुप्रसादको स्मृति

  • शैली संक्षेप
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २७, २०७४-पूर्वउपसचिव विष्णुप्रसाद गौलीको स्मृतिमा पुस्तक आएको छ । गौलीपत्नी सीताले प्रकाशन गरेको ग्रन्थमा पूर्वसचिव खेमराज नेपाल, जेनेभास्थित नेपाली राजदूत दीपक धिताल, वीर अस्पतालका विशेषज्ञ प्रा. विष्णुदत्त पौडेल, डा. बमबहादुर जितालीलगायत दुई दर्जनले गौलीसँगको स्मृति लेखेका छन् ।

गौलीको कार्यसम्पादनको स्तर, इमानदारी, बोलीचालीको स्तर र साथीभाइसँगको सहज घुलमिल हुने चारित्रिक गुण देखेर प्रभावित भएको नेपालले लेखेका छन् । गौलीको उपचारका क्रममै मित्रता विकसित भएको वीर अस्पतालका पौडेलले लेखेका छन् । जीवनको अप्ठ्यारो अवस्थामा भए पनि हँसिलो रहने र उपचारका क्रममा सिकिस्त हुँदा समेत गुनासो नगर्ने बानीले प्रभाव परेको पौडेलले ग्रन्थमा पोखेका छन् ।

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार