समाचार

राष्ट्रपति आज यूएई जाँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २७, २०७४-राष्ट्रपति विद्यादेवी भण्डारी युनाइटेड अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणका लागि आज सोमबार त्यसतर्फ जाँदैछिन् । भ्रमणको कार्यक्रम आइतबार सार्वजनिक गरिएको हो । 

भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । खाडी मुलुकबीच नै आन्तरिक सम्बन्ध सुमधुर हुन नसकेको अवस्थामा भण्डारी खाडीकै एक मुलुक यूएई जान लागेकी हुन् । 

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार