प्रवास

इराकमा लक्ष्मीको मृत्यु

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २६, २०७४-घरेलु कामदार (हाउसमेड) को रुपमा इराक पुगेकी कैलास गाँउपालिका–२ की २६ बर्षिय लक्ष्मी वलले मृत्यु भएको छ । उनको मृत्युको कारण खुलेको छैन ।  

इराकको बासरामा दुई बर्षदेखि काम गर्दै आएकी वल गत बैशाखदेखि सम्र्पकविहिन भएकी थिइन् । वलका श्रीमान् अशोक वलले ७ महिनादेखि सम्र्पकविहिन श्रीमतिको मृत्युको खवर मात्रै पाएको वताए । ‘के कसरी भयो । हामीलाई जानकारी छैन ।,’ उनले भने । 

इराक हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले वलको मृत्युको बिषयमा आधिकारीक जानकारी पाएको छैन । पीडित परिवारले उनको शब ल्याइदिन अपिल गरेको छ । 

 

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार