प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

तनहुँमा बल्ल आइपुग्यो मतदाता शिक्षा सामग्री

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २६, २०७४-तनहूँमा मतदाता शिक्षा सामग्री आइपुगेको छ । एक हप्ता अगाडि आउनुपर्ने मतदाता शिक्षा सामग्री ढिलाई गरी आइपुग्दा गाउँ गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाई भएको छ ।

निर्वाचन आयोगले ढिलाई गरी निर्वाचन शिक्षा सामग्री पोस्टर, नमुना मतपत्र, आचारसंहिताका पुस्तक तथा पोस्टरलागयत आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालय तनहुँमा आएको निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताए । कार्तिक २१ गतेबाट मतदाता शिक्षा स्वंसेविकालाई प्रशिक्षण दिएर गाउँमा खटाउनु पर्ने हो उनले भने, 'मतदाता शिक्षा सामग्री ढिलाई गरी आएकाले मतदाता शिक्षा सञ्चालनमा ढिलाई भएको छ ।'

 

कार्तिक २७ देखि २९ गतेसम्म मतदाता शिक्षा स्वंसेविकालाई तालिम सञ्चालन गर्ने निर्वाचन कार्यालयका सूचना अधिकारी अशोक नेपालीले जानकारी दिए । 'तालिमलगत्तै निर्वाचन शिक्षा कार्यकर्तालाई तनहुँको सबै गाउँपालिका र नगरपालिकामा खटाउर्छौ', उनले भने, 'प्रत्येक मतदान केन्द्रमा एक जनाको दरले २ सय ६५ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाउने छ ।'

निर्वाचन शिक्षा कार्यकर्ताले गाउँ गाउँमा गएर निर्वाचनसम्बन्धी पोस्टर टाँस्ने, मतदाताको घरदैलोमा पुगी नमुना मतपत्र प्रयोग गरी मतदातालाई मतदान गर्न सिकाउने तथा उत्प्रेरणा गर्नेकार्य गर्न लगाउने छ । 

तनहूँ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ५ सय ७२ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ८ सय २४ जना मतादातासहित कुल २ लाख ११ हजार ३ सय ९६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहूँले जनाएको छ । 

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार