समाचार

पहिलो चरणको परिचयपत्र मंसिर ८ र ९ मा

- कान्तिपुर संवाददाता , रासस

कार्तिक २५, २०७४-मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ । 

निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ । 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ । 

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचीत गरेको छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार