समाचार

बियरको बोत्तलले हानी सासूको हत्या

- भीमबहादुर सिंह, जाजरकोट

कार्तिक २५, २०७४-भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् । 

घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारीबीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दुधबहादुरलाई नियन्त्रणमा लिएको उनले बताए ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार