समाचार

बेक्जिट कानुन संशोधन गरिने

- बीबीसी, लन्डन

कार्तिक २४, २०७४-बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायत युरोपेली युनियन (इयू)बाट बाहिरिने मिति र समय कानुनमा उल्लेख गर्ने बताएकी छन् । उनले उक्त कार्यको विरुद्धको कदम सैह्य नहुने चेतावनी दिएकी छन् ।

मेले सन् २०१९ को मार्च २९ को राति ११ बजे बेलायत इयूबाट बाहिरिने गरी कानुन संशोधन गर्ने जनाएकी हुन् । उक्त कानुन संशोधनको प्रस्ताव आगामी साता संसद्‍मा पेस गरिनेछ । तर, उनले कानुन संशोधन रोक्ने वा ढिलाई गर्ने कार्यविरुद्ध चेतावनी दिएकी हुन् ।

बेलायती अखबार डेली टेलीग्राफका अनुसार मेले केही समयपछि ब्रेक्जिटबारे नयाँ चरणको वार्ता हुने जनाइन् । सन् २०१६ मा जनमतसँगहमार्फत् बेलायत इयुबाट बाहिरिने निर्णय गरेको हो । उक्त जनमतसंग्रहमा बेलायतका ५१ दशमलव ९ प्रतिशतले ब्रेक्जिटका पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री मेले ब्रेक्जिट विधेयक संशोधन गरी निश्चित मिति र समय उल्लेख गर्ने कार्यले सरकार ब्रेक्जिटप्रति इमान्दार भएको प्रस्ट हुने दाबी गरिन् । ‘ब्रेक्जिटप्रति हाम्रो प्रतिबद्धताबारे कसैले शंका नगरोस्’ उनले भनिन्, ‘ब्रेक्जिट कार्यान्वयन हुँदैछ ।’ 

मेले बेलायती जनताहरुले सबै राजनीतिज्ञहरु मिलेर ब्रेक्जिटको सम्झौता गरुन् भन्ने चाहेको दाबी गरिन् । उनले विधेयकमा सुधारका लागि सांसद्ले दिएको सुझाव सरकारले सुन्ने बताइन् ।

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार