खेलकुद

स्विट्जरल्यान्डलाई अग्रता प्राप्त

- एएफपी, बेलफास्ट

कार्तिक २४, २०७४-स्विट्जरल्यान्डले सन् २०१८ मा रुमा हुने विश्वकपको छनोटको सम्भावना बिहीबार राति बलियो बनाएको छ । उसले उत्तरी आयरल्यान्डमा भएको छनोट प्ले अफको पहिलो लेगमा १–० को जित निकालेको हो । 

स्विटजरल्यान्डलाई घर बाहिर एक गोलको महत्त्वपूर्ण अग्रता प्राप्त भएको हो । खेलको एक मात्र गोल रिकार्डो रोडरिगेजले पेनाल्टीबाट ५८ औं मिनेटमा गरे । 

पाहुना टिमले विवादास्पद स्थितिमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । आयरल्यान्ड सन् १९८६ यता विश्वकपमा छनोट हुन असफल रहेको छ । 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार