साहित्य/विविध

चित्रकारले दिए सहयोग

- कान्तिपुर संवाददाता , कास्की

कार्तिक २४, २०७४-चित्रकारहरू चित्र प्रदर्शनीमा भएको बिक्रीबाट संकलित ६५ हजार रुपैयाँ बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेका छन् । सृजनशील कलाकार समूह कास्कीका संयोजक नगेनसिंह ठकुरीको नेतृत्वमा कलाकर्मीले रकम जम्मा गर्न विहीवार कास्कीका प्रजिअ तारानाथ अधिकारीलाई हस्तारण गरे । 

बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले गरिएको प्रदर्शनीमा २७ चित्र बिक्री भएका थिए । दुर्गा बराल, क्षेत्रलाल कायस्थ र संयोजक ठकुरीसँगै एक दर्जन कलाकर्मीका चित्र बिक्री भएको रकममध्ये ५० प्रतिशत समूहको कोषमा राखेर ५० प्रतिशत सरकारलाई हस्तान्तरण गरिएको समूहले जनाएको छ । 

 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार