मनोरञ्जन

आकाशकी ‘ड्रिमगर्ल’ बन्दै आश्मा

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७४-निर्देशक ऋषिराज आचार्यले आफ्नै पटकथा लेखनमा ‘ड्रिमगर्ल’ बनाउने घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रममा आचार्यले ड्रिमगर्लको रूपमा फिल्ममा आश्मा गिरीलाई अनुबन्ध गरेको जानकारी दिए ।

देशव्यापी अडिसनपछि आश्मालाई छानिएको उनले बताए । फिल्ममा आश्मा ‘म त तिम्रै हुँ’ नायक आकाश श्रेष्ठकी ड्रिमगर्ल बन्न लागेकी हुन् । आकाशले ‘तिमीसँग’ र ‘ब्ल्याक’ पछि चौथो फिल्मका रूपमा यसलाई रोजेका हुन् । दक्षिण भारतको रिल एन्ड रियल सिनेमा र निर्देशकको आरबी मुभिजको ब्यानरमा संयुक्त निर्माण हुन लागेको फिल्मको सुटिङ शुक्रबारदेखि सुरु हुनेछ । 

फिल्ममा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डितलगायतको पनि मुख्य भूमिका रहनेछ । बिहीबारै गरिएको मुहूर्तमा संविधानविद् डा. भीमार्जुन आचार्य, फिल्म निर्देशक शम्भु प्रधान, स्क्रिप्ट राइटर नूतन प्रधान, कलाकार अशोक शर्मा, सञ्चारकर्मी/फिल्म निर्देशक लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठले फिल्मको सफलताको शुभकामना दिए ।

राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका विभिन्न स्थानमा खिचिने फिल्ममा राहुल राईले क्यामेरा सम्हाल्नेछन् । गम्भीर विष्टको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र अर्जुन पोखरेलले संगीत रहने फिल्मको सम्पादन नवीन निरौलाले गर्नेछन् ।

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार