मनोरञ्जन

इन भोग

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७४-रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । एक हूल पुुरुष मोडल कम्मरमाथि चाहिँ कोट मात्रै लगाएर र्‍याम्पमा देखा परे । दर्शकलाई यो दृश्य कौतूहलपूर्ण लागेको उनीहरूको हाउभाउबाट बुझिन्थ्यो । 

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा बुधबार हाउस अफ फेसनले ‘इन भोग’ थिममा गरेको फेसन सोमा विभिन्न डिजाइनरका पहिरन प्रदर्शन गरिए । सोमा मिसेक लिम्बू, पूजा बगरिया, कैलाश कुँवर, 

मनिता थापा, दीपा केसी, उत्कृष्ट वीरविक्रम शाह, अनुुग्रह अधिकारी र होम अफ फेसनका डिजाइनर ड्रेस प्रदर्शन गरिए । 

हातले बुनेका वान पिस आकर्षक थिए । त्यस्तै, पार्टी वेयर र गाउन सदाबहारलगायतका पहिरन पनि देखाइए । पिंक, क्रिम, ब्ल्याक र मरुन रंगमा बनेका गाउनहरू पनि लोभलाग्दा देखिन्थे । 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार