फोटोफिचर

चटारो झन्डाको [फोटोफिचर]

- तस्बिरः कविन अधिकारी, काठमाडौं

कार्तिक २३, २०७४-प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन अब १७ दिन बाँकी छ । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु गाउँ, सहरमा प्रचारप्रसारमा व्यस्त छन् । राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु झन्डा, व्यानरसहितका गाडी, समर्थकहरु लिएर आफ्नो पक्षमा मतदाता तान्न कोसिस गरिरहेका छन् । बिहानदेखि बेलुकीसम्म सभा, कोणसभा र घरदैलो गरिरहेका उम्मेदवारहरु आफ्ना पार्टीका निर्वाचन प्रचार सामग्रीले गाउँगाउँ र सहरी क्षेत्रमा सजाइरहेका छन् र कतिपय ठाउँमा सजाइसके । दलहरु निर्वाचन क्षेत्रमा व्यस्त रहँदा झन्डा, व्यानर व्यवसायी, मजदुर पनि उत्तिकै चटारोमा देखिन्छन् । विभिन्न पार्टीका झन्डा बनाउँदै गरेको अवस्थामा बुधबार काठमाडौं बागबजारमा लिइएका तस्बिरहरु : 

प्रकाशित: कार्तिक २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार