मनोरञ्जन

जब राजेश हमालले भने ‘म तपाइँको छिमेकी हुँ’

- कान्तिपुर संवाददाता , नवलपरासी

कार्तिक २२, २०७४-नायक राजेश हमाल बुधबार कावासोतीमा एक्कासी देखिए । दिउँसोको १ बजे खुला मैदानमा उनी देखापरेपछि दर्शकको भीड बढ्दै गयो ।

‘मेरी बास्सै’ र ‘तीतो सत्य’ का कलाकार रवि डंगोल र सुनीता गौतमले केहीबेर दर्शक हसाए । जब कार्यक्रम सञ्चालन गरिरहेका नेपाली तारा सिजन–२ का सन्तोष लामाले महानायक हमालको नाम लिए आसपास रहेका दर्शक झुम्मिन सुरु गरे । हमालले मञ्चमा उक्लिएर ‘तपाइँको छिमेकी हुँ’ भन्दा दर्शक रमाए । 

उनले भने ‘म तपाइँहरुकै छिमेकी हुँ । यही दुम्कौलीमा हो मेरो पुर्खाको घर ।’ यति भनेपछि दर्शकले हमाललाई घेरेर सेल्फी लिन थाले । हमालको घर कावासोतीबाट ८ किमी पूर्व दुम्कौलीमा छ । त्यहाँ उनको जग्गाजमिन र पुख्यौली घर पनि छ । 

एक बैंकले आयोजना गरेको बैंक र बचनसम्बन्धी जानकारीमूलक कार्यक्रमका लागि हमाल नवलपरासी आएका थिए । 

प्रकाशित: कार्तिक २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार