मनोरञ्जन

‘फाटेको जुत्ता’ डेढमहिने विदेश यात्रामा

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २२, २०७४-यति बेला पहिलो सातामा चलिरहेको ‘फाटेको जुत्ता’ ले डेढमहिने विदेश यात्रा सुरु गरेको छ । नोभेम्बर ४ मा अस्ट्ेरलियाको सिडनीबाट प्रदर्शन यात्रा थालेको निकेश खडका निर्देशित उक्त फिल्मले सिडनी र जापानको टोकियोमा हाउसफुल सो सम्पन्न गरेको निर्माता अर्जुनकुमारले जनाएका छन् ।

सौगात मल्ल, कामेश्वर चौरसिया, रवीन्द्र झा, प्रियंका कार्कीलगायतको अभिनय रहेको ‘फाटेको जुत्ता’ ले तराईको पृष्ठभूमिमा रहेर कथा वाचन गरेको छ । फिल्मले मध्यम समीक्षा बटुले पनि स्वदेशी बक्सअफिसमा भने सन्तोषजनक व्यापार गरिरहेको छ ।

१३ नोभेम्बरमा अस्ट्रेलियाकै मेलबर्नमा देखाइने फिल्म त्यसपछि जर्मनी, पोल्यान्ड र हंगकंगमा देखाइने बताइएको छ । निर्माता अर्जुनकुमारका अनुसार, नोभेम्बरमै डेनमार्क र बेल्जियममा पनि प्रदर्शनका लागि निश्चित भइसकेको छ । त्यसैगरी अमेरिकाको टेक्सासमा १० डिसेम्बरमा सो निश्चित गरिएको ‘फाटेको जुत्ता’ दक्षिण कोरिया र पोर्चुगलमा त्यसको पाँच दिनपछि देखाइने छ । क्यानाडा र इजरायलमा १८ डिसेम्बरमा प्रदर्शनपछि फिल्मको हाल निश्चित भएको अन्तिम सो बेलायतमा २३ डिसेम्बरमा हुनेछ ।

प्रकाशित: कार्तिक २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार