प्रवास

‘कोरियाबाट रेमिटयान्स सहज बनाउँछौ’

- कान्तिपुर संवाददाता , सोल

कार्तिक २२, २०७४-दक्षिण कोरियाबाट वैधानिक रूपमा नेपाल पैसा पठाउने माध्यम रेमिटयान्सको कार्यालय खोल्न चाहनेलाई नेपाल सरकारले सहयोग गर्ने राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले बताएका छन् । सोमबार सोलमा नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले कोरियाको केन्द्रीय बैंकसँग रेमिटयान्स कारोबारका लागि छलफल भएको जानकारी दिए । 

दक्षिण कोरियामा फस्टाउँदो हुन्डीका कारण नेपाल भित्रिने रेमिटयान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको बताउँदै नेपालले थप रेमिटयान्सका कार्यालय खोल्न चाहनेलाई आहवान गरेका हुन् । उनले कोरियामा रहेका नेपालीहरूलाई वैधानिक रूपमा रकम नेपाल पठाउन आग्रह पनि गरे । कोरियाबाट वार्षिक कति रेमिटयान्स भित्रिन्छ भन्ने सही तथ्यांक छैन । 

ईपीएसबाट कोरिया आउने नयाँ कामदारलाई नेपालमा अनिवार्य खाता खेल्न लगाउने र पुन: आउने कामदारलाई पनि वैधानिक रूपमा नेपाल पैसा पठाएको देखिनुपर्ने कडा नियम लागू गर्न लागेको जानकारी उनले दिए । सरकारले पनि कोरियामा आएर काम गर्नेलाई छुट्टै महत्त्व दिएको छ । कोरियाबाट फर्केर कृषि वा व्यापार व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्न लागेको गभर्नर नेपालले थपे । 

 

प्रकाशित: कार्तिक २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार