भिडियो

म्यादी प्रहरीको जोस

- विद्या राई, भोजपुर

कार्तिक २१, २०७४-प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षार्थ खटाउन म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले तालिम सुरु गरेको छ । सदरमुकाम स्थित स्थानीय टुडिखेलमा छनौटमा परेका ६ सय ६५ म्यादीलाई तालिम दिरहेका छन् । 

छनौटमा परेका म्यादी प्रहरी मध्ये पुरुष ४ सय ६४ र महिला २ सय १ जना रहेको इन्स्पेक्टर गीतनारायण चौधरीले बताए । उनीहरुलाई ८७ मतदान स्थल तथा १ सय ४८ मतदान केन्द्रमा खटाइनेछ । म्यादीका लागि १ हजार ७ सय ५६ ले आवेदन फारम भरेका थिए । रोजगारीको अवसर नपाइरहेका बेला म्यादी प्रहरीमा युवाहरुको उपस्थिति उल्लेख्य छ । 

प्रकाशित: कार्तिक २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार