साहित्य/विविध

कार्कीलाई चक्रपाणि स्मृति

- कान्तिपुर संवाददाता , भक्तपुर

कार्तिक २१, २०७४-यस वर्षको चक्रपाणि स्मृति पुरस्कार वरिष्ठ गीतकार, संस्कृतिविद् एवं फिल्मकर्मी चेतन कार्कीलाई प्रदान गरिएको छ । चक्रपाणि चालिसेको १३५ औँ जन्मजयन्तीका उपलक्ष्यमा भक्तपुरको कटुञ्जेमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:ले कार्कीलाई १० हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरे । 

छ दशक लामो लोक तथा आधुनिक साहित्यको सेवा र संस्कृतिको अध्ययन र लेखन गर्दै फिल्म निर्माण र निर्देशनमा समेत योगदान पुर्‍याएकाले कार्कीलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रा. चूडामणि बन्धुले बताए । कार्कीको व्यक्तित्वबारे युवा साहित्यकार एवं कवि मुरारी सिग्देलले चर्चा गरे । कार्यक्रममा गायक अधिश्री कशपाल र सर्वश्री कसपालले कार्कीद्वारा लिखित बहुचर्चित गीत ‘कान्छी हे कान्छी...’ गाए ।

कवि/गीतकार सुवासचन्द्र ढुंगेल, वसन्त नकर्मी, निभा शाह, सन्तोष परियार, मुरारी सिग्देल, त्रिभुवनचन्द्र वाग्ले, नरेन्द्रकुमार नगरकोटी, पलपल दाहाल, अर्चना लुइँटेलका साथै विभिन्न विद्यालयका विद्यार्थीले आफ्ना रचना वाचन गरे । 

 

प्रकाशित: कार्तिक २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार