साहित्य/विविध

नेपाल भाषाका चार स्रष्टा सम्मानित

- कान्तिपुर संवाददाता , भक्तपुर

कार्तिक २०, २०७४-संस्कृति संवद्र्धनका लागि युवा संस्थाले चित्लाङका संस्कृतिविद् शान्तलाल गमाल, फिल्म निर्देशक आर्यम नकर्मी, पत्रकार उदयबहादुर अमात्य र सुरेश किरणलाई सम्मान गरेको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा ओम नरहरि श्रेष्ठ, केशरत्न श्रेष्ठ, पुष्परत्न तुलाधर, तेजरत्न शाक्य, भरत शमशेर लगायतले नेपाल भाषामा हास्यव्यंग्य रचना वाचन गरे । वरिष्ठ कलाकार श्रेष्ठसँगै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संस्थाका संरक्षक गणेशराम लाछीले मौलिक भाषा, साहित्य र कलाको संरक्षणमा जोड दिए । 

 

प्रकाशित: कार्तिक २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार