भिडियो

घुम्न लायक टेम्के चुचुरो

- विद्या राई, भोजपुर

कार्तिक १७, २०७४-यतिबेला घुमफिरका लागि गज्जबको मौसम छ । विशेषगरेर पहाडी तथा हिमाली क्षेत्रका डाँडाकाँडाहरुमा घुमघामका लागि उपयुक्त छ । बिहानको सुर्योदय, दिउँसोको घुमफिर र बेलुकीपखको सुर्यास्त हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु नेपालका पहाडी तथा हिमाली भेगमा प्रशस्तै भेटिन्छन् । विदेशीहरु थुप्रै आइरहेका छन् । 

भोजपुरको प्रसिद्ध टेम्केडाँडामा पनि यसबेला पर्यटकको घुमघाम बेढेको छ । पश्चिमी टेम्केमैयुङ गाउँपालिकामा पर्ने यो डाँडा पर्यटकीय रुपमा जति महत्व बोकेको छ । धार्मिक र सांस्कृतिक पक्ष पनि महत्वपूर्ण छ । मंसिर महिनाको बालाचतुदर्शीका बेला ठूलो मेला लाग्छ । स्वदेश तथा विदेशबाट थुप्रै मानिसहरु मेला भर्न आउँछन् । भाकलअनुसार सतबीज छर्न आउँछन् । यो बेलाको समयमा घुमफिर गर्न आउँछन् । अक्टोबर पहिलो हप्तादेखि नोभेम्बर अन्तिमसम्म यहााको लागि उपयुक्त मौसम हो । विहानको सुर्योदय र बेलुकीको सुर्यास्त पनि पष्ट देखिन्छ । 

यो डाँडा समुद्री सतहदेखि ३१ सय मिटर अग्लो उचाइमा छ । यहाँबाट मकालु, कञ्चनजंगा, सगरमाथा लगायत हिमशृङखलाहरु प्रष्ट देखिन्छन् । प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिन्छ । भोजपुरका थुप्रै पर्यटकीय स्थलमध्ये यो एकदमै विशेष र प्रसिद्धस्थल हो । त्यसैले एकपटक भएपनि घुम्न नछुटाऔं । 

प्रकाशित: कार्तिक १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार