सूचना प्रविधि

चीनमा एक हजार छ सय वेभसाइट बन्द

- कान्तिपुर संवाददाता , वेईजिङ

कार्तिक १७, २०७४-चीनमा प्रतिलिपी अधिकार उल्लंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । 

प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् । 

चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् । 

- रासस

प्रकाशित: कार्तिक १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार