भिडियो

लुम्बिनीमा सरसफाई

- मनोज पौडेल, कपिलवस्तु

कार्तिक १२, २०७४-बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको मुर्तिको सरसफाई गरी सुन्दर बनाइएकोछ ।

त्यहाँबाट मायादेवी पुग्ने ६ सय मिटर बाटोसम्मको फोहर, झारपात र प्लास्टिक संकलन गरी फालिएको छ । बाटोलाई पानी धोएर पखाली सफा गरिएको छ । नेपाल प्रहरीका १५ र सशस्त्रका ४६ जनाले सरसफाई गरेका हुन् । '३ दिनसम्म बिहान ६ बजेदेखि १० बजेसम्म सरसफाई गरेर सुन्दर बनाएका छौं', सशस्त्रका नायव उपरीक्षक दर्शन गिरीले भने, 'यो कामले पर्यटकले नाकमुख थुनेर हिड्नुपर्ने अवस्था अन्त्य भएकोछ ।' 

प्रकाशित: कार्तिक १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार