भिडियो

भोजपुरमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता

- विद्या राई, भोजपुर

कार्तिक ५, २०७४-आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भोजपुरमा आज बिहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

कांग्रेस र संघिय समाजवादी फोरम गठबन्धनले प्रतिनिधिसभाका लागि कांग्रेसका उमेशजंग रायमाझीको नाम दर्ता गरेका छन् । प्रदेशसभाका लागि क्षेत्र नं. १ बाट संघियका अजम्बर राई काङमाङ र क्षेत्र नं. २ बाट गोविन्द कार्कीको नाम दर्ता गरेका छन् । 

बाम गठबन्धनतर्फ एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा दर्ता गरे । प्रतिनिधिसभाका लागी माओवादीका सुदन राई, प्रदेशसभाका लागि क्षेत्र नं. १ बाट राजेन्द्र राई र २ बाट शेरधन राईको नाम दर्ता गरेका छन् । प्रदेशसभाका दुवै उम्मेदवार एमालेका हुन् । यसैगरी स्वतन्त्रबाट प्रदेशसभा, क्षेत्र नं. १ का लागि खुसीराज गुरुङले मनोनयन दर्ता गरे । 

पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्ला मध्येको भोजपुरमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको हो । प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यका २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा स्वन्त्रत सहित ९ वटा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेको छ । 

प्रतिनिधि सभाका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, नेकपा माले, मंगोल अर्गनाइजेशन, नेकपा माओवादी क्रान्तिकारी लगायतका दलहरुले उम्मेदवारी दिएको छ । राजनीतिक दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण गरेपनि काठमाडौंदेखि उम्मेदवारहरु ढिला पुग्दा निर्धारित समयमा मनोनयन भएन । केन्द्रमा उम्मेदवारीको विषयमा ढिला गरी टुंगो लागेकोले मनोनयन दर्तामा ढिला हुने भएकाले कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारहरु हेलिकप्टर चार्टर गरेर आएका थिए ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार