समाचार

३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता आज

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक ५, २०७४-प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । आज बिहान १० बजेदेखि जिल्ला निर्वाचन कार्यालयमा दलहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् । 

आज नै उम्मेदवारको मनोनयन दर्ता, साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ । 

त्यस्तै, मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १८ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

यसअघि नै आयोगले प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणका लागि कात्तिक १६ देखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको थियो ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाड र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्दै छ ।

आयोगले दुईवटै सभाको निर्वाचन सँगसँगै तर दुई चरणमा मंसिर १० र २१ गर्दैछ ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार