खेलकुद

बार्सिलोनाको अपराजित यात्रा कायमै

- एएफपी, म्याड्रिड

कार्तिक ५, २०७४-स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले मालागालाई हराउँदै अपराजित यात्रा कायम राखेको छ । जेरार्ड देउलेफेउ र आन्द्रेस इनिएस्टाको गोलमा बार्सिलोना २-० ले विजयी रह्यो । भ्यालेन्सियाले पनि सेभियालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । उसको जितमा गोन्कालो ग्वेडेसले दुई तथा सिमोने जाजा र सान्टि मिनाले १/१ गोल गरे ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २५ अंक छ भने दोस्रो स्थानको भ्यालेन्सियाले २१ अंक जोडेको छ । एक खेल कम खेलेका म्याड्रिड टोली रियल र एटलेटिकोको क्रमश: १७ र १६ अंक छ ।

शनिबार लेभान्टे र गेटाफेले १-१ को बराबरीमा सकिंदा रियल बेटिसले अलाभेसलाई २-० ले हरायो ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार