खेलकुद

शीर्षस्थानका नेपोली र इन्टर बराबरीमा

- एएफपी, मिलान

कार्तिक ५, २०७४-इटालियन सिरी 'ए' अन्तर्गत शनिबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीले अंक बाँडेका छन् । नेपोलीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकियो । यस नतिजासँगै नेपोलीले शीर्षस्थानमा २ अंकको अग्रता कायमै राखेको छ । नेपालीको ९ खेलमा २५ अंक छ भने इन्टरले २३ अंक जोडेको छ ।

शनिबारकै अर्को खेलमा साम्पडोरियाले क्रोटोनेलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै ८ खेलमा १७ अंक जोड्दै साम्पडोरिया पाँचौ स्थानमा उक्लियो ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार