खेलकुद

म्यानचेस्टर सिटी ५ अंकले अगाडि

- एएफपी, लन्डन

कार्तिक ५, २०७४-म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ५ अंकको स्पष्ट अग्रता खोलेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्तब्धपूर्ण हार बेहोरेपछि सिटी आरामले शीर्ष स्थानमा रहन सकेको हो । 

सिटीले घरमा बर्नलीलाई ३–० ले हरायो र त्यसमा सर्जियो एगुरोले क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरे । उनले सिटीका लागि आफ्नो १ सय ७७ औं गोल गर्दै एरिक ब्रुक्सको कीर्तिमानको बराबरी गरे । 

यसअघि म्यानचेस्टर हडर्सफिल्डसँग २–१ ले पराजित रह्यो । हडर्सफिल्डले लिगमा म्यानचेस्टरलाई हराएको यो सन् १९५२ यता पहिलो पटक हो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा चेल्सीले वाटफोर्डलाई ४–२ ले पराजित गरेको थियो । 

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार