खेलकुद

वेस्ट इन्डिज सस्तोमा समेटियो

- एएफपी, बुलावायो

कार्तिक ५, २०७४-वेस्ट इन्डिजले जिम्बावेविरुद्धको पहिलो टेस्टको पहिलो दिन खराव प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेको पाहुना टिम २ सय १९ रन बनाएर अलआउट भयो । 

जवाफमा जिम्बावेले विना विकेटको क्षति १९ रन बनाएको छ र दुई सय रनले पछाडि छ । वेस्ट इन्डिजका लागि साइ होपले ९० रन बनाए र नटआउट रहे । 

यस्तै किरेन पावेलले ५६ रनको योगदान दिए । अरु कोही ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित: कार्तिक ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार